Skip This
 एमालेको राष्ट्रिय महिला भेला पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

 एमालेको राष्ट्रिय महिला भेला पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:१o:oo

एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको अवकाशपछि पहिलोपटक उनकै प्रमुख आतिथ्यमा राष्ट्रियस्तरको कार्यक्रम गर्ने भएको छ । पार्टीको जनसंगठन समन्वय संयन्त्रले आगामी १६ र १७ जेठमा पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा पहिलो राष्ट्रिय महिला भेला आयोजना गर्न लागेको हो । 

भेलामा देशभरिबाट पार्टीसम्बद्ध कम्तीमा पाँच हजार महिला सहभागी हुँदै छन् । २९ फागुन ०७९ मा राष्ट्रपतिको दोस्रो कार्यकाल पूरा गरेर अवकाश पाएपछि भण्डारी पहिलोपटक पार्टी कार्यक्रमको प्रमुख अतिथि बन्न लागेकी हुन् । जनसंगठन संयन्त्रले अध्यक्ष केपी ओलीलाई भने प्रमुख वक्ता बनाएको छ । पार्टी कार्यालय, च्यासलमा राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पूर्वराष्ट्रपति भण्डारी उपस्थित हुने बताएका हुन् ।

१६ जेठ ०६३ मा तत्कालीन पार्टी उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष भण्डारीकै नेतृत्वमा तत्कालीन पुनस्र्थापित प्रतिनिधिसभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावका रूपमा पास गरेको थियो । संसद्को त्यही संकल्पले ०७२ को संविधानमा महिला अधिकारका विषयलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको दाबी एमालेको छ । 

ad
ad
ad
ad