Skip This
कृषि क्षेत्रमा सुधार, जिडिपीमा योगदान वृद्धि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषि क्षेत्रमा सुधार, जिडिपीमा योगदान वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o९:o६:oo
  • ऊन उत्पादन ६२.५ प्रतिशत घट्यो
  • कृषि अनुसन्धानबाट ९४.१७ मेट्रिकटन स्रोत बिउ उत्पादन

कृषि क्षेत्रमा सुधारको संकेत देखिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०८०÷८१ को तथ्यांकले यस्तो संकेत गरेको हो । कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान शून्य दशमलव १७ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षमा यस क्षेत्रको योगदान २४ दशमलव शून्य ९ प्रतिशत रहेको छ । गत आवमा २३ दशमलव ९२ प्रतिशत थियो ।

चालू आर्थिक वर्षमा कृषि क्षेत्र (कृषि, वन र मत्स्यपालन)को उत्पादन तीन दशमलव शून्य ५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर दुई दशमलव ७६ प्रतिशत रहेको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर दुई दशमलव ७५ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको फागुनसम्ममा संघीय सरकारबाट कृषि क्षेत्रमा विनियोजित अनुदान ४० अर्ब १६ करोडमा २१ अर्ब २३ करोड खर्च भएको जनाएको छ । गत आर्थिक वर्ष अनुदानबापत ४५ अर्ब ४८ करोड विनियोजन भएकोमा ३९ अर्ब ५० करोड ६ लाख खर्च भएको थियो । सरकारले यस वर्ष किसान सूचीकरणलाई विशेष प्राथमिकता दिएर १६ लाख ४८ हजारभन्दा बढी कृषक घरधुरीको तथ्यांक संकलन गरेको छ । किसान पहिचान, तथ्य, व्यवस्थापन र अनुदान वितरणलाई व्यवस्थित गर्ने प्रयास भएको छ । 

धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन चार दशमलव ३६ प्रतिशत तथा नगदेबालीका रूपमा रहेका आलु र तेलहन बालीको उत्पादन पाँच दशमलव ०७ प्रतिशतले बढेको छ ।
 

ad
ad
ad
ad