Skip This
प्रेरक प्रसंग: शत्रुलाई प्रेम किन ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १४ सोमबार o६:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग: शत्रुलाई प्रेम किन ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o६:o४:oo

त्यतिवेला अमेरिकामा भयंकर गृहयुद्ध चलिरहेको थियो । सरकारी सेना र विद्रोही पक्षबीच निरन्तर भिडन्त भइरहन्थ्यो । दुवै पक्षका धेरैको ज्यान पनि गइरहेको थियो । कैयाैँ घाइते भएका थिए । तीमध्ये गम्भीर प्रकृतिका घाइतेको अस्पतालमा भर्ना गरेरै उपचार भइरहेको थियो भने सामान्य प्रकृतिका घाइतेचाहिँ अस्पतालबाट प्राथमिक उपचार गराएपछि घर फर्किसकेका थिए । 

त्यतिखेर अमेरिकामा अब्राहम लिंकन राष्ट्रपति थिए । उनी त्यो समस्यालाई हरसम्भव सुल्झाउन सक्दो प्रयत्न पनि गरिरहेका थिए । त्यस्तैमा उनी एकपटक घाइते सैनिकको उपचार भइरहेको सरकारी अस्पतालमा पुगे । उनले सो गृहयुद्धमा घाइते भएका सिपाहीसित भलाकुसारी गरे । उनीहरूको उपचार व्यवस्था र अन्य समस्याबारे सोधपुछ गरे । उनीहरूका समस्या समाधानको व्यवस्थाका लागि आफ्ना सहयोगीलाई आवश्यक निर्देशन दिएर उनी त्यहाँबाट फर्किए । फर्किंदा–फर्किंदै उनी सो गृहयुद्धमा विद्रोहीका तर्फबाट लडेर घाइते भएका लडाकुलाई पनि भेट्न गए, जसको उपचार पनि सोही अस्पतालमै भइरहेको थियो । 

ती विद्रोहीसितको भेटमा पनि उनले राष्ट्रका लागि लड्ने बहादुर सिपाहीसित जस्तै बडो प्रसन्नतापूर्वक भलाकुसारी गरे । उनीहरूका समस्याबारे सोधपुछ गरे । उनीहरूको उपचारमा कुनै कसर बाँकी नछाड्न अस्पताल प्रशासन र आफ्ना सहयोगीलाई निर्देशन दिए । त्यसपछि उनी खुसीसाथ अस्पतालबाट बाहिरिए । बाहिरिँदा बाहिरिँदै एक महिलाले उनलाई रोकेर सोधिन्, ‘राष्ट्रपति महोदय, तपाईंले त्यसरी विद्रोहीहरूसित किन भेटघाट गर्नुभयो ? तिनीहरू त राष्ट्रका शत्रु हुन् । तिनलाई त गोली ठोकेर मारिदिनुपर्छ । तिनको उपचार गर्नु बेकार हो ।’

ती महिलाको प्रश्न सुनिसकेपछि लिंकन मुसुक्क मुस्कुराए र भने, ‘महोदया, तपाईंले भनेको एकदमै सही हो । विद्रोहीलाई गोली ठोकेरै मारिदिनुपर्ने हो । तर, मैले पनि तपाईंले भनेजस्तै गरेँ भने तिनीहरू हाम्रा मित्र कहिल्यै बन्ने थिएनन्, शत्रुका शत्रु नै रहने थिए । त्यसैले, मैले यति भेटघाट गरेर एकछिन भलाकुसारी गरिदिँदा उनीहरू हाम्रा मित्र बन्छन् भने उनीहरू भेटघाट गर्नुमा के नै आपत्ति छ र ? आखिर मायाले गर्न नसकिने के नै छ र ?’

ad
ad
ad
ad