मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

‘रेमल’ चक्रवातका कारण यी चार प्रदेशमा सोमबार र मंगलबार वर्षा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात ‘रेमल’को असर नेपालमा पनि पर्ने भएको छ। उत्तरी बंगालको खाडीमा रहेको चक्रवात आइतबार राति बंगलादेश र भारतको पश्चिम बंगाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ।

नेपालमा यो चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि  सोमबार र मंगलबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अप्रत्यक्ष प्रभाव पर्ने मौसम पर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले बताइन्।

‘यो चक्रवात नेपाल प्रवेश गर्दैन, भारत हुँदै बंगलादेश जान्छ। तर, यसको असर सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी क्षेत्रबाहेकमा पर्ने देखिन्छ,’ उनले भनिन्। महाशाखाले विशेष बुलेटिन जारी गरेर चक्रवातको असरबारे जानकारी गराएको छ। यस्तो छ विभिन्न प्रदेशको मौसम पूर्वानुमानः

कोशी प्रदेश : केही स्थानहरूमा मेघ गर्जन, चटयाङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ। तराईका भूभागमा हावाहुरीको समेत सम्भावना छ। 

मधेश प्रदेश : थोरै स्थानमा मेघ गर्जन, चटयाङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती प्रदेश : थोरै स्थानहरू मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

गण्डकी प्रदेश : केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।