Skip This
चालू आवमा २८ किमि मात्रै नयाँ सडक निर्माण, १८९ किमि कालोपत्रे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

चालू आवमा २८ किमि मात्रै नयाँ सडक निर्माण, १८९ किमि कालोपत्रे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १८:o४:oo

यो वर्ष संघीय सरकारले देशभर २८ किलोमिटर मात्रै नयाँ सडक निर्माण गरेको देखिएको छ। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आार्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।

चालू आवको फागुन मसान्तसम्म सोबराबरको नयाँ सडक निर्माण भएको हो। गत आवमा देशभर २४३ किलोमिटर नयाँ सडक निर्माण भएको थियो। 

समीक्षा अवधिमा १९० किमि सडकलाई ग्राभेल गरिएको छ। यसैगरी, १८९ किमि सडक कालोपत्रे भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। गत आवमा देशभर ६२८ किमि सडक ग्राभेल भएको थियो भने ८२० किमि सडक कालोपत्रे भएको थियो।

समीक्षा अवधिमा देशभर ६७ वटा नयाँ मोटरेबल पुल निर्माण भएको छ। गत आवमा देशभर २२२ वटा यस्ता पुल बनेका थिए।

ad
ad
ad
ad