१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलोपटक पुरुष फ्रेन्चाइज भलिबल लिग गर्न सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। लिग आयोजनाको लागि आइतबार नेपाल भलिबल संघ (एनभिए) र केडिया अर्गनाइजेसन प्रालिबीच सम्झौता भएको हो।

सम्झौता सात वर्षको लागि भएको एनभिएका अध्यक्ष जितेन्द्र चन्दले बताए। सम्झौतामा अध्यक्ष चन्द र केडिया प्रालिका प्रबन्ध निर्देशक विमलकुमार केडियाले हस्ताक्षर गरेका छन्।

पूर्वसांसदसमेत रहेका केडियाले नेपालमा भलिबलको सम्भावना रहेकाले सहकार्य गरेको बताए। सम्झौताअनुसार केडिया अर्गनाइजेसनले प्रतियोगिता आयोजनाको लागि हरेक वर्ष ३५ लाख उपलब्ध गराउनेछ। केडियाले नै फ्रेन्चाइज टोली निर्माण गर्ने, अक्सन गर्नेदेखि सम्पूर्ण जिम्मेवारी पाएको छ। सातै प्रदेशबाट टिम बनाउँदै प्रतियोगिता माघ–फागुनमा गर्ने तयारी रहेको सम्झौतामा बताइएको छ।

दुई वर्षअघि चौधरी ग्रुपको नेपाल स्पोर्टस् इभेन्ट एन्ड म्यानेजमेन्ट प्रालिले प्रतियोगिता गर्न सम्झौता गरेको थियो। तर, उसले प्राविधिक कारण भन्दै प्रतियोगिता गर्न पन्छिएको अध्यक्ष चन्दले बताए। चौधरी ग्रुप पछि हटेपछि केडियासँग सहकार्य गरेको चन्दले जानकारी दिए।

पूर्वकप्तान भरत शाहले २०३३ सालमा भलिबल संघ स्थापना भएपछि पुरुष फ्रेन्चाइज हुनु आफैँमा राम्रो सुरुवात भएको र यसले भलिबललाई अझै व्यावसायिक बनाउने आशा व्यक्त गरे।

यसअघि असोज २०७५ सालमा पहिलोपटक फ्रेन्चाइज आदि-आवादी महिला भलिबल प्रतियोगिता आयोजना भएको थियो। पहिलो संस्करण चितवन टाइगर्सले जितेपछि प्रतियोगिताले निरन्तरता पाउन सकेन। अध्यक्ष चन्दले पुरुष फ्रेन्चाइज लिगले निरन्तरता पाउने र चाँडै महिला फ्रेन्चाइज लिगको लागि सम्झौता हुने बताएका छन्।