Skip This
पश्चिम तराईमा मंगलबारसम्म तातो हावा चल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पश्चिम तराईमा मंगलबारसम्म तातो हावा चल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १६:४o:oo

वर्षा नहुँदा लुम्बिनी र सुदूरपश्चिम तराईको तापक्रम उच्च छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यस क्षेत्रमा आगामी मंगलबारसम्म तातो हावा र तातो लहर चल्ने देखिएको छ।

महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘लुम्बिनी र सुदूरपश्चिमका तराईका केही भूभागमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस  र त्यसभन्दा माथि मापन गरिएको छ।

तराईका भूभागमा आगामी तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना रहेको छ। शनिबार रुपन्देहीमा ४२ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। बादल र वर्षाका कारण पूर्वी तराईको तापक्रम केही घटे पनि पश्चिममा भने गर्मी बढेको छ। पश्चिम तराईका बर्दिया, बाँके क्षेत्रमा फाटफुट वर्षा भए पनि त्यसले तापक्रम घटाउन सकेको छैन।

तर, मध्य र पश्चिमका गण्डकी तथा लुम्बिनीका पहाडी क्षेत्रमा भने आइतबार वर्षा भएको छ। यसले केही राहत भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनमा कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाका गतिविधि हुने सम्भावना छ। तर, पश्चिम तराईमा भने तापक्रम घटाउने गरी वर्षाको सम्भावना नरहेको उनले बताइन्।
 

ad
ad
ad
ad