मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस कास्की
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँ : अध्यक्ष राउत

Read Time : < 1 मिनेट
रासस, कास्की
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सिके राउतले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन्। 

मधेश–कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए।

‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन। स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला,’ राउतले भने।

उनले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानी भित्रिन नसकेको र वैदेशिक लगानीविना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले धान्ने अवस्था नरहेको प्रस्ट पारे।

समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रको रूपमा सामाजिक लोकतन्त्रको कुरा गरेको उनले बताए।