Skip This
साताको बजार : सुन–चाँदीको भाउ घट्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १२ शनिबार o९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

साताको बजार : सुन–चाँदीको भाउ घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o९:५४:oo

यो साता नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ । साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरे पनि त्यसयता निरन्तर ओरालो लागेको सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँ थियो । सोमबार मूल्य थप बढेर प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ कायम भयो । त्यसयता भने मूल्यमा निरन्तर ओरालो लागेको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।

मंगलबार एक लाख ४० हजार ६ सय रुपैयाँ र बुधबार एक लाख ४० हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन बिहीबार १८ सय रुपैयाँले घटेको थियो । बिहीबार प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँमा सुन किनबेच भएको थियो । शुक्रबार मूल्य थप १८ सय रुपैयाँ प्रतितोला घटेर एक लाख ३६ हजार नौ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । दुई दिनमा सुनको भाउ प्रतितोला ३८ सय रुपैयाँले घट्दा उपभोक्ताले केही सहज महसुस गरेका छन् ।

त्यस्तै, चाँदीको भाउ पनि उच्च विन्दुमा पुगेर ओर्लिएको छ । आइतबार प्रतितोला १९ सय १० रुपैयाँ रहेको चाँदी सोमबार १९ सय ४० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसयता भने मूल्य निरन्तर घटेको महासंघले जनाएको छ । मंगलबार १८ सय ८५, बुधबार १९ सय, बिहीबार १८ सय ६५ र शुक्रबार १८ सय ५५ रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय रूपमै ब्याजदरमा कटौती हुँदा लगानीकर्ता सुन–चाँदीमा आकर्षण भएकाले विश्व बजारमै मूल्य बढिरहेको विश्लेषकले बताएका छन् । पछिल्लो समय सुन भण्डारणमा लगानी बढाउने चिनियाँ रणनीतिले मूल्य वृद्धिमा थप चाप परेको छ ।

ad
ad
ad
ad