Skip This
चार वर्षपछि किमाथांका खुल्ने खबरले स्थानीयमा छायो खुसी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ १२ शनिबार o८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

चार वर्षपछि किमाथांका खुल्ने खबरले स्थानीयमा छायो खुसी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o८:२८:oo

संखुवासभालाई चीनसँग जोड्ने उत्तरी क्षेत्र किमाथांका नाका आजदेखि सञ्चालनमा आउने भएको छ । कोरोना संक्रमणका कारण चीनले ५ माघ ०७६ देखि किमाथांका बन्द गरेको थियो । निरन्तरको पहलपछि किमाथांका नाका बन्द भएको चार वर्षपछि खुला हुन लागेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

शनिबार किमाथांका नाका सुचारु गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने कार्यक्रम छ । त्यस्तै, कोशी मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रतिनिधिसभा सदस्य दीपक खड्का, कोशी संखुवासभा (क)का सांसद तथा प्रदेश स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीलगायत अधिकारीहरू हुनेछन् ।

करिब चार वर्षपछि पटक–पटक आग्रह र चौतर्फी पहलपछि नाका खुल्ने भएपछि भोटखोलावासीमा खुसीयाली छाएको प्रभावित क्षेत्र भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । उनले किमाथांका नाका खुला हुने भएपछि निकै राहतको अनभूति गरेको बताउँदै स्थानीयलाई चीन प्रवेश गर्न अस्थायी प्रवेशपत्र यसअघि नै वितरण गरिसकेको जानकारी दिए ।

सदरमुकाम खाँदबारीदेखि महँगो मूल्यमा दैनिक उपभोग्यदेखि खाद्यान्न, लत्ताकपडालगायत सामान किन्नुपर्ने बाध्यता नाका खुलेपछि हट्ने गाउँपालिका अध्यक्ष भोटेको भनाइ छ । खाँदबारीदेखि एक सय ६२ किलोमिटर उत्तरमा किमाथांका रहेको छ । 

ad
ad
ad
ad