Skip This
टिप्ताला सञ्चालन, किमाथांका आज खुल्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
तिब्बतको टिप्ताला नाका प्रवेशद्वार
२o८१ जेठ १२ शनिबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिप्ताला सञ्चालन, किमाथांका आज खुल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o८:१८:oo

३३ स्थानीय तिब्बतको रिउँ बजारमा बिक्री गर्न छुर्पी, घिउ, हातले बुनेका गलैँचालगायत लिएर गए

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ताप्लेजुङको टिप्ताला नाका खुलेको छ । ओलाङचुङगोलाका ३३ स्थानीय टिप्ताला हुँदै तिब्बत प्रवेश गरेसँगै नाका सञ्चालनमा आएको हो । 

टिप्ताला नाका हुँदै तिब्बत प्रवेशका लागि स्थानीयवासी बिहीबार हिँडेर मौवाटारमा वास बसेर नाकातर्फ गएका थिए । थप केही स्थानीय भने शुक्रबार बिहान ट्याक्टरमा चढेर गएको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । उनीहरू सबै शुक्रबार साँझ पाँच बजे नाकाबाट तिब्बततर्फ प्रवेश गरेको वडाअध्यक्ष शेर्पाले बताए । उनीहरू तिब्बतको रिउँ बजार पुग्नेछन् ।

स्थानीयले चौँरीबाट उत्पादित छुर्पी, घिउ, हातले बुनेको गलैँचालगायत लिएर तिब्बत गएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । तत्काललाई तिब्बतले ओलाङचुङगोलाका बासिन्दालाई मात्र प्रवेश दिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिए । 

ओेलाङचुङगोला–टिप्ताला नाका खुलेपछि ताप्लेजुङका उत्तरी क्षेत्रका बासिन्दा हर्षित भएका छन् । चीनले कोराना संक्रमणपछि ०७७ देखि यो नाका बन्द गरेको थियो ।

ओलाङचुङगोलाका स्थानीय टाँसी शेर्पाका अनुसार फुङलिङ बजारबाट खाद्य सामग्री ढुवानी गर्न तिब्बत नजिक र सस्तो पर्छ । नाका बन्द हुनु चार वर्षअघि तिब्बतको रिउँ बजारबाट ल्याउँदा आधाभन्दा थोरै मूल्यमा ओलाङचुङगोला आइपुग्ने टाँसीले बताए । 

अहिले ओलाङचुङगोलासम्म गाडीसमेत पुगेको र चार वर्षदेखि अहिलेसम्ममा रिउँ बजारको भाउसमेत थाहा नभएकाले कताको मूल्य सस्तो पर्ने भन्ने विषयमा यकिन नभएको उनको भनाइ छ । यद्यपि, स्थानीयले हातले बनाएको गलैँचा नेपालमा भन्दा धेरै मूल्यमा बिक्री गर्न सहज हुने उनले बताए । जडीबुटी, चौँरीबाट उत्पादित घिउ, याकलगायत सामग्री अहिलेको बजार मूल्य थाहा नभए पनि धेरै बढी मूल्यमा बिक्री गर्न सकिने उनको विश्वास छ । 

ad
ad
ad
ad