Skip This
मोरङका उद्योगमा कार्यरत प्राविधिकलाई तालिम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ १२ शनिबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मोरङका उद्योगमा कार्यरत प्राविधिकलाई तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o७:५५:oo

उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रममा कार्यरत प्राविधिकको सीप स्तरोन्नति तालिम सम्पन्न गरेको छ । विभिन्न उत्पादनमूलक उद्योगमा कार्यरत २२ प्राविधिकलाई इन्स्योर परियोजनासँगको सहकार्यमा तालिम दिइएको संगठनले जनाएको छ ।

२० दिनसम्म सञ्चालन गरिएको तालिम शुक्रबार सम्पन्न भएको छ । समापनमा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए । उनले उद्योग प्रतिष्ठानले भोग्दै आएको दक्ष प्राविधिकको अभावलाई मध्यनजर गरी उद्योगहरूको आवश्यकताका आधारमा संगठनले पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्दै आएको बताए । 

प्रशिक्षक सञ्जयकुमार साहले प्राविधिकलाई ऊर्जा खपत न्यूनीकरणका उपाय, खेर गइरहेको ऊर्जा नियन्त्रण तथा मेसिनको प्रयोग र सञ्चालन विधि, प्राप्त ऊर्जाको समुचित उपयोग एवं व्यवस्थापन, ऊर्जा दक्षता पद्धति र महत्वका विषय तालिममा दिइएको बताए । 

त्यस्तै, संगठनको सीप विकास कार्यक्रमअन्तर्गत अरिहन्त मल्टिफाइबर्स लिमिटेडमा जुट ब्याचिङसम्बन्धी तालिम तथा परिवर्तित सन्दर्भमा प्राविधिकलाई इन्डस्ट्री अटोमेसन भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी)सम्बन्धी तालिम संगठन हाताभित्र एकैसाथ सञ्चालन गरेको संगठनले जनाएको छ । 

ad
ad
ad
ad