Skip This
श्रीराम चिनी मिल सञ्चालन हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १२ शनिबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

श्रीराम चिनी मिल सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o७:३८:oo

श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमति जुटेको छ । उद्योग सञ्चालनका लागि गठित कार्यदलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई प्रतिवेदन बुझाएसँगै उद्योग सञ्चालन गर्ने सहमति भएको हो ।  

संसद्को महिला तथा सामाजिक मामिलाका सभापति किरण साहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सो कार्यदलले उद्योगीलाई आर्थिक संकट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने सुझाव दिएबमोजिम उद्योगको नाममा रहेको करिब ७४ बिघा जग्गामध्ये मूल संरचनामा असर नपर्ने गरी र ऋण फरफारक एवं मेसिनहरूको मर्मत–सम्भार गर्ने गरी तत्काल सञ्चालन गर्ने सर्तसहित मूल सडकसँग जोडिएको केही जग्गा बेच्न दिने सहमति गरेको छ ।

उद्योग चार वर्षदेखि सञ्चालन हुन नसकेको र लगानीकर्ताले समेत थप लगानी गर्न तथा ऋणसमेत तिर्न नसकेको देखिएको प्रतिवेदनमा उल्लेख छ । उद्योगको पहिचानसम्बन्धी कार्य गर्नेसमेत कार्यदलमा सहमति भएको छ । हाल उद्योगका मेसिन–औजार तथा जग्गा नेपाल बैंक लिमिटेडमा धितो रहेको र करिब ३१ करोड रुपैयाँ साँवा–ब्याजसहित ऋण रहेको छ ।

ad
ad
ad
ad