Skip This
सबैभन्दा छिटो सगरमाथा चढ्ने महिला आरोही बनिन् फुन्जो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १२ शनिबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सबैभन्दा छिटो सगरमाथा चढ्ने महिला आरोही बनिन् फुन्जो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o७:११:oo

गोरखाकी आरोही फुन्जो झाङ्मु लामा सबैभन्दा छोटो समयमै सगरमाथा आरोहण गर्ने महिला बनेकी छिन् । उनले आधार शिविरबाट १३ घण्टा ३१ मिनेटमै चुचुरो चुमेकी हुन् । ३३ वर्षीय आरोही लामा बिहीबार बिहान ६: २३ बजे सगरमाथा शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ । यसअघि सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड हङकङकी स्याङ यिन हङको नाममा थियो । उनले २५ घण्टा ५० मिनेटमा आरोहण गरी विश्व रेकर्ड राखेकी थिइन् ।

पत्रकार श्रेष्ठ पनि एकै सिजनमा दुईपटक चुचुरोमा 
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पनि एउटै सिजनमा दुईपटक सगरमाथाको सफल आरोहण गरेकी छिन् । ३० वैशाख र ६ जेठमा गरी एक हप्ताको अन्तरालमा दुईपटक चुचुरो चुमेकी हुन् । यससँगै उनले तीनपटक सगरमाथा आरोहण गरेकी छिन् । गोरखा आरुघाट घर भएकी उनले आठ हजार मिटरभन्दा अग्ला सातवटा हिमालको सफल आरोहण गरिसकेकी छिन् ।

३०औँपटक सगरमाथा चढेर फर्किएका कामिरिताको स्वागत 
 सर्वोच्च शिखर सगरमाथा ३०औँपटक आरोहण गरेर नयाँ कीर्तिमानी कायम गरेका आरोही कामिरिता शेर्पा काठमाडौं  फर्किएका छन् । उनलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र सम्मान गरिएको छ । अनुभवी आरोही एवं गाइड कामिरिताले यस वर्ष पनि एकै सिजनमा दुईपटक सगरमाथाको चुचुरो चुमेका हुन् । ३० वैशाखको बिहान ७ः२५ बजे र ९ जेठमा ७:४९ बजे चुचुरो चुमेसँगै उनको नाममा नयाँ कीर्तिमान दर्ज भएको हो । 

गत वर्ष पनि उनले एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । उनले सगरमाथा चुचुरोमा आफैँ रेकर्ड राख्दै आफैँ ब्रेक गर्दै आइरहेका छन् । उनी सेभेन समिट ट्रेक्समा वरिष्ठ गाइडका रूपमा कार्यरत छन् । नयाँ कीर्तिमान कायम गरी फर्किएका कामिरितालाई आरोही साथीभाइ, परिवार र विभिन्न संघ–संस्थाका प्रतिनिधिले विमानस्थलमै पुगेर स्वागत गरेको नेपाल पर्वतारोहण संघ (एनएमए)ले जनाएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा जन्मिएका ४५ वर्षीय कामिरिताले पहिलोपटक १३ मे १९९४ मा सगरमाथाको चुचुरो चुमेका थिए, त्यतिवेला उनी उनी २४ वर्षका थिए ।

 सगरमाथा आरोहण अभियानमा सपोर्ट स्टाफका रूपमा कामिरिताको पर्वतारोहण यात्रा सुरु भएको थियो । त्यसयता सन् १९९६, सन् २००१, सन् २०११, सन् २०१४, सन् २०१५ र सन् २०२० मा बाहेक सबै वर्ष सगरमाथाको शिखरमा पुगेका छन् । सन् २०१५ मा भूकम्पका कारण र सन् २०२० मा कोभिड महामारीका कारण एउटै आरोहण भएको थिएन । उनले सन् २०१९, सन् २०२३ र सन् २०२४ मा एउटै सिजनमा दुई–दुईपटक सगरमाथा चढेको रेकर्ड छ ।  

ad
ad
ad
ad