Skip This
द्रुतमार्गमा अर्को सफलता, दोस्रो सुरुङमार्ग छिचोलियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १२ शनिबार o७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

द्रुतमार्गमा अर्को सफलता, दोस्रो सुरुङमार्ग छिचोलियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o७:o९:oo

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको अर्को सुरुङ पनि छिचोलिएको छ । प्याकेज २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन सुरुङमार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको सेनाले जनाएको छ । 

यसअघि ४ जेठमा लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो । शनिबार धेद्रेमा आयोजित कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मालगायत सहभागी थिए । रक्षामन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन गरेको सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताए । 

दु्रुतमार्ग सडक आयोजनाअन्तर्गत ६ सुरुङमार्गमध्ये लेनडाँडाका दुईवटा सुरुङमार्ग छिचोलिएको हो । ललितपुरको खोकनादेखि निजगढसम्म दु्रतमार्गको कुल लम्बाई ७२.५ किलोमिटर छ भने दु्रतमार्ग ११ वटा प्याकेजमा छ । केसीका अनुसार १० वटा प्याकेजको ठेक्का प्रक्रिया पूरा भएका छन् । 

दु्रतमार्गमा जम्मा ११ किलोमिटरमा ८७ पुल निर्माण हुनेछन् भने कुल साढे ६ किलोमिटरमा तीन जोडी (६ वटा) सुरुङमार्ग निर्माण हुनेछन् । महादेवडाँडा, धेद्रे र लेनडाँडामा सुरुङ निर्माण हुनेछन् । दु्रतमार्गमा एकतर्फी यातायात सञ्चालन हुने गरी जुम्ल्याहा सुरुङमार्ग निर्माण हुनेछ ।

सरकारले १ वैशाख ०७१ मा दु्रतमार्ग निर्माणका लागि जिम्मा सेनालाई दिएको थियो । दु्रतमार्ग सम्पन्न हुने अवधि दुई वर्ष थपिएर ०८३ वैशाख पुगेको छ । सरकारले १ भदौ ०७६ मा डिपिआर स्वीकृत गरेको थियो । त्यही मितिबाट साढे चार वर्ष (०८१ पुससम्म)मा दु्रतमार्ग निर्माण सक्ने लक्ष्य सेनाको थियो । तर, कोरोना महामारी र ठेक्का प्रक्रियामा भएको कानुनी ढिलाइलगायत कारण निर्माण सम्पन्न हुने समयसीमा ०८३ पुगेको छ ।

ad
ad
ad
ad