Skip This
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १२ शनिबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o६:o६:oo

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनलाई थप पाँच दिन हिरासतमा राख्न समय मागेकोमा शुक्रबार न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिनको मात्रै अनुमति दिएको हो । 

नागरिकतासम्बन्धी प्रकरणमा प्रहरीले गत मंगलबार सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो । लगत्तै उनलाई धनुषा लगिएको थियो । बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । समयावधि सकिएपछि उनलाई शुक्रबार फेरि अदालतमा उपस्थित गराइएको हो ।

शुक्रबार सिरोहिया पक्षमा कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टीकाराम भट्टराईले बहस गरेका छन् । त्यस्तै, अधिवक्ताहरू दीपेन्द्र झा, रमणकुमार कर्ण र किशोर पौडेलले पनि सिरोहियाको पक्षमा बहस गरेका थिए । उनीहरूले सिरोहियालाई न्यायिक हिरासतमा राख्नुपर्ने कारण नरहेको तर्क गरेका थिए । सरकारी तर्फबाट सरकारी वकिल सुदीप डंगोलले बहस गरेका थिए ।

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण
शुक्रबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेसले सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । त्यस्तै, गृहमन्त्री रवि लामिछानेले संसद्मा कांग्रेस नेताहरूलाई लाञ्छित गरेको विषयमा समेत ध्यानाकर्षण गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । ‘हामीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन रूपमा धरपकड गरियो, त्यसबारे हामी गम्भीर छौँ र गम्भीर रूपमा ध्यानाकृष्ट भएको जानकारी गरायौँ,’ लेखकले भने, ‘त्यस्तै, गृहमन्त्रीले सदनभित्र (प्रतिनिधिसभामा) जे–जस्ता विषयवस्तु उठाउनुभयो, सदनमा रहेका र खासगरी कांग्रेसका सांसदलाई लाञ्छित गरेको विषयमा पनि हामीले ध्यानाकर्षण गरायौँ । उहाँले यो विषयमा जवाफ दिनुहोला ।’

ad
ad
ad
ad