Skip This
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ११ शुक्रबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १८:५३:oo

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न समय मागेको थियो।

सिरोहियाको पक्षमा कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णले बहस  गरेका थिए। सरकारको तर्फबाट सरकारी वकिल सुदीप डंगोलले बहस गरेका थिए।

यसअघि पनि जिल्ला अदालतले अनुसन्धानका लागि सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। गत मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका उनलाई बुधबार अदालतमा उपस्थित गराइएको थियो।

यसअघि दिएको म्याद आज समाप्त हुने भएकाले म्याद थपका लागि सिरोहियालाई पुनः अदालतमा पेस गरिएको थियो।

ad
ad
ad
ad