Skip This
उप्रेती सहायक कोषाध्यक्षमा मनोनीत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उप्रेती सहायक कोषाध्यक्षमा मनोनीत

राप्रपा केन्द्रीय समिति बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १७:३४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्य शोभित उप्रेतीलाई पार्टीको सहायक कोषाध्यक्ष मनोनीत गरेको छ। शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले उप्रेतीलाई सहायक कोषाध्यक्ष पदमा मनोनीत गरेको चिठी हस्तान्तरण गरेका छन्। उप्रेती राप्रपाको विदेश विभागमा पनि छन्।

‘मलाई पार्टीले सहायक कोषाध्यक्षमा मनोनीत गरेको छ। आफ्नो क्षमताले भ्याएसम्म पार्टी र देशका पक्षमा काम गर्नेछु,’ उप्रेतीले नयाँ पत्रिकासँग भने। दोलखा शैलुङका उप्रेती व्यवसाय र समाजसेवामा पनि सक्रिय छन्।

राप्रपा केन्द्रीय समिति बैठक शुक्रबारै सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठकमा पार्टीको सांगठनिक विषय, आन्दोलन, सदन र सडकमा राप्रपाले निर्वाह गरेको भूमिकाबारे छलफल हुने पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए।
 

ad
ad
ad
ad