Skip This
‘नेपाल हेल्थ प्रेस’को प्रधानसम्पादकमा अतुल मिश्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘नेपाल हेल्थ प्रेस’को प्रधानसम्पादकमा अतुल मिश्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १७:१४:oo

नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ पत्रकार अतुल मिश्र ‘नेपाल हेल्थ प्रेस डटकम’को प्रधानसम्पादक नियुक्त भएका छन्।

यसअघि उनी झन्डै २७ वर्षदेखि कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत थिए। पछिल्लो १६ वर्षदेखि उनी त्यहाँ चिफ सबएडिटरको भूमिकामा थिए। जयानन्द मिडिया प्रालिको सञ्चालक समिति बैठकले मिश्रलाई प्रधानसम्पादक नियुक्त गर्ने निर्णय गरेको हो।

पत्रकार मिश्रले आफ्नो पेसागत जीवनमा विज्ञान र स्वास्थ्य पत्रकारितामा विशेष विज्ञता राखेका छन् र विदेशी सञ्चारमाध्यमहरूसँग पनि आबद्ध छन्। उनी सोसाइटी अफ हेल्थ केयर जर्नालिस्टको अध्यक्षसमेत हुन्।

मिश्रले राष्ट्रियस्तरमा उत्कृष्ट स्वास्थ्य र विज्ञान पत्रकारिता पुरस्कारहरू, विभिन्न सम्मान र दुई दर्जनभन्दा बढी पुरस्कार प्राप्त गरेका छन्। पछिल्लो समय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)ले उनलाई राष्ट्रिय विज्ञान पत्रकारिता पुरस्कारले समेत सम्मानित गरेको थियो।

ad
ad
ad
ad