Skip This
इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ११ शुक्रबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १६:४६:oo

इजरायली सेनाले शुक्रबार उत्तरी गाजापट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन बन्धककाे शव बरामद गरेकाे छ। 

बन्धकहरूको शव नियन्त्रणमा लिई परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि नाम सार्वजनिक गरिएकाे इजरायली सेनाले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

मृत अवस्थामा भेटिएका इजरायली बन्धक चानान याब्लोन्का, इजरायली मूलका ब्राजियाली नागरिक मिसेल निसेनबाम र फ्रान्सेली मूलका मेक्सिकोका नागरिक हर्नान्डेज राडोक्स छन्। 

७ अक्टोबरमा हमास लडाकुहरूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गर्दा ४२ वर्षीय याब्लोन्का र ३२ वर्षीय राडोक्सलाई संगीत महोत्सवबाट अपहरण गरिएको थियो।

यसैगरी, गाजानजिकैको इजरायली सहर सेडेरोटका बासिन्दा ५९ वर्षीय निसेनबामसँग हमास आक्रमणको दिन नातिनीलाई लिन सीमामा रहेको सेनाको आधार शिविर जाने क्रममा अन्तिमपटक सम्पर्क भएको थियो। 

बाँकी बन्धकहरूको सुरक्षित रिहाइ गर्न बढ्दो दबाबबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  शुक्रबार जारी विज्ञप्तिमा भनेका छन्, ‘श्रीमती सारा र म इजरायली जनतासँगै रहेर गहिरो दुःख एवं समवेदना व्यक्त गर्दछौँ साथै शोकाकुल परिवारजनमा यस कठिन घडीमा सहानुभूति प्रकट गर्दछौँ।’

ad
ad
ad
ad