Skip This
कार्यसूचीमा प्रवेशै नगरी राष्ट्रिय सभा बैठक स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
रासस काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कार्यसूचीमा प्रवेशै नगरी राष्ट्रिय सभा बैठक स्थगित

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १४:१३:oo

राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरूलाई आग्रह गरेका थिए।

‘संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन । जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौँ । बजेट प्रस्तुत हुने दिन आइसक्यो । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रिय सभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने वेला आएको छ,’ उनले भने।

त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उनले जानकारी दिए। सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्ने गरी स्थगित भएको छ।

ad
ad
ad
ad