Skip This
रारा फुटबल प्रतियोगिता : डाँगीहाट ५–१ ले विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ११ शुक्रबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

रारा फुटबल प्रतियोगिता : डाँगीहाट ५–१ ले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १४:o१:oo

धनकुटाको राजारानीमा ११औँ गोर्खा रारा फुटबल प्रतियोगिता सुरु भएको छ। रारा फुटबल क्लबको आयोजनामा चौबिसे गाउँपालिका– ६ स्थित पुण्य माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो।

शुक्रबार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको पहिलो हाफको २३औँ मिनेटमा डाँगीहाटका मार्टिनले गोल गरी टिमलाई अग्रता दिलाए। दोस्रो हाफको २५औँ मिनेटमा भुवन बस्नेत, ३१औँ मिनेटमा असिम राई, ३४औँ मिनेटमा सुशील राईले एक–एक गोल गरे।

खेलको ४०औँ मिनेटमा डाँडाबजार फुटबल क्लबका विदेशी खेलाडी ओसकाले सान्त्वना एक गोल गरेका थिए। खेलको अतिरिक्त समयमा डिबक्सभित्र डाँगीहाटले फल पाएको थियो। फल पाएपछि पेनाल्टीमार्फत असिम राईले गोल गरी टिमलाई ५–१ को अवस्थामा पुर्‍याएका थिए।

प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल बिर्तामोड युनाइटेड क्लब झापा र रियल स्टार युथ क्लब हेटौँडाबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा डाँगीहाट युथ क्लब मोरङ, डाँडाबजार फुटबल क्लब धनकुटा, बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, रियल स्टार युथ क्लब हेटौँडा, भोजपुर जिल्ला फुटबल क्लब, रारा फुटबल क्लब राजारानी, सलहेश युथ क्लब सिराहा र गोल्डेन स्टार फुटबल क्लब राजारानी गरी आठ टिमको सहभागिता रहेको छ।

जेठ १६ गतेसम्म चल्ने उक्त प्रतियोगिताका विजेताले नगद पाँच लाख र उपविजेताले नगद दुई लाख ५० हजार प्राप्त गर्ने रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले बताए।

ad
ad
ad
ad