Skip This
बजेट अध्यादेशबाट आउँदैन : अर्थमन्त्री पुन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बजेट अध्यादेशबाट आउँदैन : अर्थमन्त्री पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १३:२४:oo

अर्थमन्त्री वर्षमान पुनले बजेट अध्यादेशबाट नआउने स्पष्ट पारेका छन्।

शुक्रबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा अर्थमन्त्री पुनले संसद् चलिरहेकाले बजेट अध्यादेशबाट नआउने बताएका हुन्। उनले भने, ‘बजेट जेठ १५ मा संसदबाटै आउँछ, संसद् चलिरहेको छ अध्यादेशबाट आउँदैन।’

शुक्रबारको प्रतिनिधिसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधपछि १० मिनेट बसेर स्थगित भएको छ। सभामुखले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेससहित प्रतिपक्षी दलका सांसदहरूले विरोधलाई जारी राखेका थिए।

सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले विरोध जनाएपछि आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको विषयमा दलहरूबीच सहमति नजुट्दा लामो समयदेखि संसद् बैठक अवरोध हुँदै आएको छ। प्रतिनिधिसभाको अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ। 

 

 

ad
ad
ad
ad