Skip This
राजनीतिमा सरसफाइ आवश्यक : डा. भट्टराई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
रासस बागलुङ
२o८१ जेठ ११ शुक्रबार १३:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राजनीतिमा सरसफाइ आवश्यक : डा. भट्टराई

Read Time : < 1 मिनेट
रासस, बागलुङ
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १३:१४:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने वेला आएको बताएका छन्।

पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा सरसफाइ आवश्यक रहेको बताए। पार्टीहरू सिद्धान्त र विचारभन्दा स्वार्थमा रुमलिँदा मुलुकले निकास पाउन नसकेको उनको धारणा थियो।

आफूले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेन्डामा पछि नपरी यसलाई थप सशक्त बनाउने अभियानमा नयाँ शक्ति लाग्ने बताए। पछिल्लो समय नयाँ पार्टीहरूले आफ्ना एजेन्डा समातेका भए पनि उनीहरूसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफूले थालेको अभियानलाई थप सशक्त आफैँले बनाउनुपर्ने उनको जिकिर छ।

जिल्ला अधिवेशनले कृष्ण शर्मा संयोजक रहेको ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। पार्टीको विधान महाधिवेशनपश्चात् बाँकी पदाधिकारीको टुंगाे लगाउने अध्यक्ष शर्माले बताए।

ad
ad
ad
ad