Skip This
विपक्षी र कार्यदलकाे बैठक जारी, निर्णय कुर्दै सभामुख 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

विपक्षी र कार्यदलकाे बैठक जारी, निर्णय कुर्दै सभामुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार ११:५१:oo

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएका विपक्षी दलहरूको बैठक बसेको छ। 

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार विपक्षी दलहरूको बैठक बसेको हो। बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपाका नेता उपस्थित छन्। 

बैठकमा आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक, संसदीय छानबिन समितिको मागलगायतका विषयमा छलफल भइरहेको छ। 

यता सभामुख देवराज घिमिरे भने आज ११ बजेका लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठक सञ्चालनबारे विपक्षी र कार्यदलकाे निर्णयकाे पर्खाइमा छन्।

सरकारले १ जेठमा सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफलका लागि आज प्रतिनिधिसभा बैठक ११ बजे र राष्ट्रिय सभा बैठक १:१५ बजे बोलाइएको छ। 

ad
ad
ad
ad