Skip This
विश्वकपअघि बर्खास्तीमा परे दासानायके
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ११ शुक्रबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकपअघि बर्खास्तीमा परे दासानायके

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:३३:oo

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअघि क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई हटाएको छ । क्यानडा क्रिकेट संघमा नयाँ नेतृत्व र प्रशिक्षकको विषयलाई लिएर विवाद भएपछि दासानायकेलाई बखास्त गरेको एजेन्सीले जनाएको छ । क्रिकेट क्यानडाका उपाध्यक्ष गुर्दिप क्लेयरले प्रमुख प्रशिक्षक हटाइएको जानकारी गराएका छन् । विश्वकप सुरु हुन डेढ साता बाँकी रहँदा प्रमुख प्रशिक्षक बर्खास्तपछि पनि नयाँ जिम्मेवारीबारे केही निर्णय भएको छैन । 

गत महिना क्यानडाको क्रिकेट संघको निर्वाचन भएको थियो । नयाँ नेतृत्वले पुराना सदस्यलाई विस्थापित गरेको थियो । संघका उपाध्यक्ष गुर्दिपले आवश्यक प्रक्रियाअनुसारै प्रशिक्षक हटाइएको जनाएका छन् । संघले खडा गरेको तीन सदस्यीय छनोट कमिटी र दासानायकेबीच सम्बन्ध राम्रो छैन । संघले दासानायकेलाई हटाउनुको कारण स्पष्ट पारेको छैन । 

दोस्रोपटकको कार्यकालमा दासानायकेले क्यानडालाई पहिलोपटक टी–२० विश्वकपमा छनोट गराएका थिए । २०११ मा उनी प्रशिक्षक र कप्तानी रहँदा क्यानडाले पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो । २०२२ जुलाईदेखि दासानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पद सम्हालेका थिए । उनी श्रीलंका र क्यानडाका पूर्वखेलाडीसमेत हुन् । क्यानडाको क्रिकेट इतिहासमा उनी सफल प्रशिक्षकका रूपमा चिनिन्छन् । २०२३ मा उनकै प्रशिक्षकमा क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेको थियो । विश्वकपअन्तर्गत क्वालिफायर प्ले अफमा स्थान पक्का गरेपछि क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेको हो ।

नेपाललाई पनि विश्वकप पुर्‍याए
दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दुईपटक सम्हाले । उनी २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक हँुदा नेपाल पहिलोपटक २०१४ मा टी–२० विश्वकपमा छनोट भएको थियो । उनको दोस्रोपटकको कार्यकाल त्यति लामो भएन । २०२१ देखि २०२२ सम्म उनले नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसवेला संघ र खेलाडीबीचको आन्तरिक कलहका कारण उनले राजीनामा दिएका थिए ।

ad
ad
ad
ad