Skip This
सुर्तीजन्य पदार्थको   कर वृद्धि गर्न सुझाव 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सुर्तीजन्य पदार्थको   कर वृद्धि गर्न सुझाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:१o:oo

नेपाल पेयपदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको विज्ञप्ति भ्रमपूर्ण रहेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण र रोकथामबारे काम गर्दै आइरहेका एक्सन नेपाल नामक संस्थाले बिहीबार पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गर्दै संघद्वारा जारी विज्ञप्तिको विरोध गरेको हो ।

संघले ४ जेठमा सुर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र विधाबारे सरकारलाई नै टार्ने गरी विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिप्रति आपत्ति जनाउँदै एक्सन नेपालले सुर्तीजन्य पदार्थका उद्योगीले संसारभरि नै भ्रामक सूचना सम्प्रेषण गरेको, वैज्ञानिक विधिअनुसार तथ्यहरूको पालना नगरेको, नीति निर्माण तह र त्यसमा कार्यरत कर्मचारीलाई दबाब तथा प्रलोभनमा पारेको आरोप लगाएको छ । संस्थामा अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थबाट लाग्ने रोगहरू जनस्वास्थ्यको प्रमुख चिन्ताका रूपमा देखिएकाले यसमा गम्भीर हुन जरुरी रहेको बताएका छन् । 

जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने त्यस्ता उद्योगहरूले आफूअनुकूल कानुन र परिस्थिति बनाउने प्रचलनजस्तै नै रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सुर्तीजन्य पदार्थबारे वैज्ञानिक विधि, अनुसन्धान र संसारभर प्रचलनमा आएका अभ्यासहरूको परिपालना गर्न एक्सन नेपालले दबाब दिँदै आइरहेको छ । संघले सुर्तीजन्य पदार्थको कच्चा पदार्थ, खुद्रा मूल्यलगायतमा समेत कर तिरेको विज्ञप्तिमा उल्लेख गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघले जारी गरेको विज्ञप्ति सुर्तीजन्य पदार्थका व्यापारीहरूको पक्षमा रहेको बताए । 

ad
ad
ad
ad