Skip This
लुम्बिनी अवलोकन गर्नैपर्ने तीर्थस्थलका रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ११ शुक्रबार १o:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

लुम्बिनी अवलोकन गर्नैपर्ने तीर्थस्थलका रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:o६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील रहेको बताएका छन् । २५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस मुल समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको बताए । 

लुम्बिनी संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आममानिसले समेत जीवनमा एकपटक दर्शन र अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलका रूपमा विकसित हुँदै गएको बताउँदै उनले सरकार धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको बताए । ‘बुद्धको जन्मभूमि लुम्बिनी भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ । लुम्बिनीलाई विश्वभरिका बुद्धिस्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ,’ उनले भने ।

मौर्य सम्राट् अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्वसम्पदाको महत्वपूर्ण अंग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे । बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उनले यसका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए । 

लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको स्पष्ट पारे । ‘यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको केन्द्र बनाउन ठोस योजना अगाडि बढाएको छ,’ उनले भने ।

प्रचण्डले बौद्ध विश्वविद्यालयको समग्र ध्यान बौद्धदर्शनको प्रवद्र्धनतर्फ केन्द्रित गर्न निर्देशन दिए । नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आह्वान गरिएको बताउँदै उनले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । 

ad
ad
ad
ad