Skip This
मधेशमा पानीको हाहाकार, काठमाडौंमा प्रदर्शन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
अमुल थापा काठमाडाैं
२o८१ जेठ ११ शुक्रबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मधेशमा पानीको हाहाकार, काठमाडौंमा प्रदर्शन

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:o३:oo

मधेशका बासिन्दा पानी माग्दै २५ दिन पैदल हिँडेर काठमाडौं पुगेका छन् । वनजंगलसहित चुरे विनाश र जथाभावी ढुंगा, गिटी झिक्दा तराई–मधेशमा पानीको समस्या बढेपछि ‘चुरे संरक्षण पदयात्रा’ काठमाडौंमा पुगेको हो । 

चुरे तथा वनजंगल संरक्षण अभियानको ब्यानरमा १६ वैशाखमा मधेश प्रदेशका धनुषा, सिराहा, रौतहटलगायत क्षेत्रबाट आएका २३ जनाले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

बिहीबार बिहानै कलंकीबाट माइतीघर पुगेकाहरूले भाँडामा ‘मधेशलाई मरुभूमि हुनबाट बचाऊ, मधेशमा पानीको हाहाकार, जिम्मेवार को ?, पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा लेखेका छन् । पानी माग्दै ०८० असारमा वीरगन्जदेखि काठमाडौं ११ दिनमा, त्यसपछि ०८० माघमा सप्तरीदेखि वीरगन्जसम्म ११ दिन पैदल यात्रा गरेका थिए । 
 

ad
ad
ad
ad