Skip This
साताभर सेयर बजारमा वृद्धि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ११ शुक्रबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

साताभर सेयर बजारमा वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार o७:५८:oo

यो साता सेयर बजारमा उछाल देखिएको छ । प्रत्येक दिन सेयर बजार सूचकांक वृद्धि हुँदा लगानीकर्तासमेत उत्साहित भएका छन् ।सेयर कारोबार भएको चार दिनमा बजार एक सय १२ दशमलव ७१ अंकले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा बन्द भएको छ । अघिल्लो साता पनि पाँच दिन भएको कारोबारमा सूचकांक ५२ दशमलव ५२ अंकले बढेको थियो । १ जेठबाट ब्रोकर कमिसन १० प्रतिशतका दरले घटाउने निर्णय कार्यान्वयनमा आएसँगै सेयर बजारले बुलिस ट्रेन्ड समातेको छ । 

यो साता २१ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा अघिल्लो साता १८ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंकको सेयरलाई प्रोत्साहन गर्ने नीति ल्याएको थियो । त्यसपछि आइतबारबाट सेयर बजार लयमा फर्किएको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । 

अघिल्लो साता बजार पुँजीकरण ३२ खर्ब एक अर्ब १६ करोड रुपैयाँ रहेको थियो भने यो साता ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । साताको पहिलो दिन आइतबार सेयर बजार ४५.६९ अंकले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा रहेको  थियो । उक्त दिन पाँच अर्ब २० करोड ८२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, सोमबार २७.५४ अंकले बढेर दुई हजार ९२ विन्दुमा पुगेको थियो । सोमबार मात्रै पाँच अर्ब ८३ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार २३.८४ अंकले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा आइपुगेको थियो । उक्त दिन पाँच अर्ब १६ करोड १४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । साताको अन्तिम दिन बुधबार १५.५४ अंकले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा कारोबार बन्द भएको छ । बुधबार पाँच अर्ब ६६ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बिहीबार बुद्ध जयन्तीका कारण सार्वजनिक बिदा भएकाले बजार बन्द थियो ।

 बोर्डको कार्यवाहक अध्यक्षमा राना
नेपाल धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेन्द्रकुमार रानालाई दिएको छ । राना अर्थ मन्त्रालयका सहसचिव हुन् । लामो समयदेखि रिक्त रहेको बोर्डमा अध्यक्ष नभएपछि दैनिक कामकाज नै प्रभावित बन्न पुगेको थियो ।

यसअघिका बोर्ड सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य बजेट लेखनमा व्यस्त भएपछि रानालाई बोर्डअध्यक्ष नियुक्ति नभएसम्मका लागि जिम्मेवारी दिइएको हो । केही संशोधित ऐनले बोर्डअध्यक्ष नभएको खण्डमा अर्थ मन्त्रालयकै सदस्यलाई अध्यक्षको हैसियतका रूपमा काम गर्न पाउने अधिकार दिएको छ । रानाले मंगलबारबाट बोर्डको कार्यभार सम्हालेको धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरीले बताए । उनले भने, ‘उहाँले औपचारिक रूपमा मंगलबार कार्यभार सुरु गर्नुभएको छ, अब सार्वजनिक निष्कासन, हकप्रदलगायत विषयमा छलफल गरेर अघि बढ्ने कुरा भएको छ ।’

धितोपत्र बोर्डको अध्यक्ष २२ पुसदेखि रिक्त रहेको छ । अध्यक्ष नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा सार्वजनिक निष्कासन (आइपिओ), हकप्रदलगायतको स्वीकृति हुन सकेको छैन । बोेर्डअध्यक्ष नियुक्तिका लागि चारजनाको नाम सर्ट लिस्ट जारी भए पनि बजेट लेखनपछि मात्र आवश्यक निर्णय लिने अर्थ मन्त्रालयको तयारी छ । 

ad
ad
ad
ad