Skip This
सगरमाथामा रेकर्ड बनाउँदै तोड्दै कामिरिता : ३०औँपटक सफल आरोहण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Sunday, 16 June, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ १० बिहीबार o६:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सगरमाथामा रेकर्ड बनाउँदै तोड्दै कामिरिता : ३०औँपटक सफल आरोहण

कामिरितालाई पछ्याउँदै पासाङदावा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार o६:१४:oo

आरोही कामिरिता शेर्पाले सगरमाथामा ३०औँपटक सफल आरोहण गरेर फेरि आफ्नै रेकर्ड तोडेका छन् । सबैभन्दा धेरैपटक सगरमाथा चढेको रेकर्ड बनाउँदै, आफ्नै रेकर्ड पुनः तोड्दै आएका कामिरिताले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा ३०औँपटक कीर्तिमान राखेका हुन् ।

उनले गत ३० वैशाखमा २९औँपटक सगरमाथा चढेर नयाँ रेकर्ड बनाएका थिए । तर, यही सिजनमा दोस्रोपटक सगरमाथा चढ्दै उनले आफ्नै नामको रेकर्ड तोडेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले जनाए । कामिरिता सेभेन समिटको वरिष्ठ गाइडसमेत हुन् । 

‘यो आरोहणले उनलाई व्यक्तिगत रूपमा सगरमाथाको सबैभन्दा सफल आरोहणको उपाधि दिलाएको छ,’ सेभेन समिटको तर्फबाट विज्ञप्ति जारी गर्दै टासीले भनेका छन् । कामिरिता करिब २० आरोहीसहितको पर्वतारोहण टोलीको नेतृत्व गरेर गएका थिए ।

सोलुखुम्बुको थामे गाउँका ५४ वर्षीय कामिरिताले सन् १९९२ मा २२ वर्षको उमेरदेखि हिमाल आरोहण थालेका थिए । उनले सुरुका दिनमा आरोहण दलको सहयोगी भएर काम गरेका थिए । सन् १९९४ मा २४ वर्षको उमेरमा सगरमाथाको चुचुरोमा पहिलोपटक उनले पाइला राखेका थिए । १७ जनवरी १९७० मा जन्मेका कामिरिता दुई दशकभन्दा बढी समयदेखि पर्वतारोहणको क्षेत्रमा क्रियाशील रहेको सेभेन समिटले जनाएको छ ।

कामिरिताले बुबा मिङ्माछिरी शेर्पाको पेसालाई निरन्तरता दिने क्रममा यो उपलब्धि हासिल गरेका हुन् । सगरमाथा आरोहणका लागि सरकारले सन् १९५० मा पहिलोपटक अनुमति सुरु गरेपछिको आरोहण दलमा उनका बुवासमेत सामेल थिए ।

सुरुवाती आरोहण दलमा रहेका उनका बुवा गम्भीर प्रकृतिको फ्रस्टबाइट रोगबाट पीडित बनेपछि छोटो समयमै पेसा छाड्न बाध्य भएका थिए । त्यसपछि सोही वर्ष सन् १९९२ देखि कामिरिताले पारिवारिक पेसालाई निरन्तरता दिने क्रममा हिमाल आरोहणको यात्रा सुरु गरेका थिए । कामिरिताले सगरमाथासँगै केटु, चोयु, ल्होत्से र मनास्लु हिमालको समेत सफल आरोहण गरिसकेका छन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानसमेत गरेकी थिइन् ।

कामिरितालाई पछ्याउँदै पासाङदावा
कामिरितापछि सगरमाथामा सबैभन्दा धेरैपटक आरोहण गर्ने रेकर्ड पासाङदाबा शेर्पाको नाममा छ । उनले २७ पटक सगरमाथा चढिसकेका छन् । ४८ वर्षीय शेर्पाले कामिरितालाई पछ्याइरहेका छन् ।

 आठ दिनमै तीनपटक सगरमाथा चढेर अर्को रेकर्ड
सेभेन समिटका गाइड दाबाफिन्जोक शेर्पाले आठ दिन १३ घण्टा ३५ मिनेटमा तीनपटक सगरमाथा चढेर नयाँ रेकर्ड बनाएका छन् । उनले १२ मे, १७ मे र २० मेमा सगरमाथा चुचुरोमा पाइला टेकेका हुन् । उनले पूरक अक्सिजनको प्रयोग गरेर सगरमाथा चढेको सेभेन समिटले जनाएको छ ।

ad
ad
ad
ad