१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २१ सोमबार
  • Monday, 03 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २१ सोमबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्मार्ट डोर्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २१ सोमबार १o:४२:oo

उत्पादन कम्पनी स्मार्ट डोर्सको आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनी धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएसँगै कम्पनीले आइपिओ ल्याउने तयारीमा जुटेको हो । अहिले बोर्डका अध्यक्ष रिक्त रहँदा कुनै पनि कम्पनीको आइपिओ जारी हुन सकेको छैन । 

यद्यपि, गत पुसमै बोर्डमा दर्ता गरी प्रक्रिया अघि बढेको र अहिले आवश्यक विवरण बुझाउने काम भइरहेको कम्पनीका सञ्चालक प्रबन्धक दीपेन्द्र अग्रवालले बताए । उनले भने, ‘अहिले अध्यक्ष नभएपछि प्रक्रिया अघि बढ्न सकेको छैन, बोर्डबाट माग भएबमोजिमको विवरण बुझाएर अघि बढ्छौैँ ।’

 स्मार्ट डोर्सका सञ्चालक दीपेन्द्र अग्रवाल भन्छन् – प्रिमियम मूल्यमा भन्दा अंकित मूल्यमै आइपिओ ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले अंकित मूल्यमै ल्याउँदै छौँ । स्मार्ट डोर्सको उत्पादन वार्षिक पाँचदेखि सात करोड रुपैयाँ रहेको छ । भोलिका दिनमा आर्थिक मन्दीबाट माथि उठेर व्यापार राम्रो भएको खण्डमा करिब एक अर्बसम्मको व्यापारिक क्षमता राख्छौँ ।

कम्पनीले आइपिओ निष्कासन प्रक्रिया अगाडि बढाउन मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ८० लाखबराबरको दुई लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो । कर्मचारीका लागि ५ प्रतिशत, म्युचुअल फन्डका लागि ५ प्रतिशत छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि छुट्याउने तयारी भइरहेको अग्रवालको भनाइ छ ।

कम्पनीले विभिन्न थ्रिडी ढोका, झिल्ली ढोका, माइका–क्यानेडियन ढोका, इम्बोस्ड ढोका र जाली ढोकासहित विभिन्न प्रकारका ढोकाको उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको छ । गुणस्तर किफायतीको हिसाबले स्मार्ट डोर्स विश्वसनीय रहेको सञ्चालक अग्रवालको दाबी छ । 

ad
ad
ad
ad
ad
ad