मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार निरंकुश र सभामुख कार्यकर्ताको रूपमा प्रस्तुत भए : कांग्रेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५६:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र असहिष्णु भएको आरोप लगाएको छ।

सोमबार संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले सबै विपक्षी दलहरूले उठाएका मागप्रति सरकार गैरजिम्मेवार र सभामुख पार्टीकाे कार्यकर्ताका रूपमा प्रस्तुत भएकाे आरोप लगाए। 

लेखकले सत्तापक्षमा निरंकुशताको मनोवृत्ति हाबी भएको भन्दै बहुमतको दम्भमा सरकारले आजै विश्वासको मत लिने कुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको उल्लेख गरे। उनले लोकतन्त्र र संसदीय मूल्य र मान्यताविपरीत नजान सरकारलाई चेतावनी दिए।

उनले सभामुख देवराज घिमिरेले पार्टीविशेषको कार्यकर्ताको रूपमा प्रस्तुत हुने गरी कारबाही अघि बढाएको आरोप लगाए। उनले भने, ‘प्रतिनिधिसभामा देखापरेको आजको दृश्यले सभामुखको भूमिका पनि पदीय गरिमाअनुकूल नभएको ठहर गरेका छौँ।’

सांसद लेखकले सहकारी अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय समिति बनाउन माग गरे पनि सरकार त्यसमा तयार नभएको,  सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासीन र गैरजिम्मेवार भएको आरोप लगाए। 

‘नेपाली कांग्रेससहित सघीय संसदमा रहेका सबै विपक्षी दलहरूले लाखौँ नेपाली नागरिकको अर्बौँ रुपैयाँ अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषय र त्यसमा सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको विषयमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय समितिको माग गरेका थियौँ,’ उनले भने, ‘तर, सत्तापक्ष, सरकार देशभरका सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासीन र गैरजिम्मेवार हुँदै सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउन लोकतन्त्र, मूल्य–मान्यता, परम्परा सबैलाई कमजोर बनाइरहेको छ।’