मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
चौथोपटक विश्वासको मत लिने क्रममा प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुशासन र कानुनी शासनको प्रगतिले जनतामा आशा जागेको छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको क्षेत्रमा प्रगति र  कानुनको शासन स्थापित हुँदै गएकाले जनतामा आशा जागृत भएको बताएका छन्।

चौथोपटक विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पछिल्ला दिनमा मुलुक प्रगतिउन्मुख रहेको बताए।

‘पछिल्ला दिनमा लोकतन्त्र नेतातन्त्रजस्तो देखिँदै गएको थियो। राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो। त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो। तर, अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ,’ प्रधानमन्त्रीले भने, ‘भुटानी शरणार्थी, ललितानिवास, बाँसबारी, बाल मन्दिर, सुनकाण्डलगायतका प्रकरणमा सरकारको निर्भीक र निष्पक्ष कारबाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ।’

उनले सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा आज विश्वासको मत माग्न आफू बैठकमा उपस्थित रहेको बताए।