१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
फाइल तस्बिर ।
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाको केन्द्रीय समिति बैठक ११ जेठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक यही ११ देखि १३ जेठसम्म काठमाडौंमा बस्ने भएको छ। 

पार्टीले उठाउँदै आएको हिन्दुराष्ट्र, संघीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधान गर्न बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार समसामयिक परिस्थितिबारे पनि बैठकम छलफल हुनेछ। प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनुका साथै संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल हुने श्रेष्ठले बताए। 

बैठकम अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक तथा महामन्त्री डा. धवलशमशेर जबराले सांगठनिक प्रतिवेदन पेस गर्ने उनले जानकारी दिए। 

यस्तै, बैठकले विभिन्न समितिबाट भए–गरेका निर्णयलाई अनुमोदन गर्ने केन्द्रीय प्रचार विभाग सदस्यसचिव सुन्दर पाण्डेले जानकारी दिए। (रासस)