मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

तुलसीपुर उपमहानगरमा क्षयरोगमुक्त अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

दाङको तुलसीपुर उपमहानगरपालिकाले क्षयरोगमुक्त अभियान सुरुवात गरेको छ। शुक्रबार तुलसीपुरमा सरोकारवालासँग छलफलका क्रममा उपमहानगरले यस्तो जानकारी गराएको हो।

राष्ट्रिय कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले यो अभियान सुरु गरेको हो। गएको आर्थिक वर्षमा २५ स्थानीय तहमा यो कार्यक्रम चलेको थियो।

चालू वर्षमा एक सय पालिकामा यो कार्यक्रम सञ्चालन हुँदै छ। सोहीअनुसार दाङको तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा उक्त कार्यक्रम चल्ने स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन गजेन्द्र यादवले बताए। सोहीअनुसार तुलसीपुरमा यो कार्यक्रम सुरुवात भएको हो।

तुलसीपुरमा चालू वर्षमा दुई सय ६५ क्षयरोगी छन्। तीमध्ये १३२ जना खकारमा देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सोभन्दा बाहिर देखिएका रोगी छन्।

चालू वर्षमा क्षयरोगबाट तुलसीपुरमा ८ जनाको मृत्यु भएको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले बताए। सबै क्षयरोगीहरू सम्पर्कमा नआउने भएकाले पनि उनीहरूको खोजी गर्ने गरी अभियान सञ्चालन हुने उनको भनाइ छ। ‘धेरै क्षयरोगीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा एथेस्ट जानकारी आउने गरको छैन,’ उनले भने, ‘जसले गर्दा क्षयरोगका बिरामीहरूले अरूलाई पनि सारिरहेका हुन सक्छन्।’

आँकडाअनुसार तुलसीपुरमा चारसय ३८ को हाराहारीमा बिरामी पहिचान हुनुपर्ने भए पनि त्यसो नभएको उनको भनाइ छ। तुलसीपुरमा सबैभन्दा बढी ६५ वर्षमाथिका व्यक्तिमा क्षयरोगको समस्या देखिएको उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका फोकल पर्सन विमल केसीले बताए। चुरोट, गुट्का, जाँडरक्सी खाने व्यक्तिहरूमा बढी यो समस्या देखिने गरेको छ। 

क्षयरोग निवारणका लागि वडा–वडामा समिति गठन गरेर सो समितिले सूक्ष्म ढंगले अनुगमन गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। दाङमा क्षयरोग परीक्षणका लागि दुईवटा आधुनिक मेसिन रहेका छन्। एउटा मेसिन घोराही र अर्को लमहीमा छ। त्यस्तै, माइक्रोस्कोपी २० वटा, डिओटिएस ५० वटा रहेका छन्।