१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिवाइडीका महाप्रबन्धकले गरे नेपाल भ्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:४४:oo

बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले नेपाल भ्रमण गरेका छन् । भ्रमणका क्रममा लिउले नेपालमा बिवाइडी गाडीको बजार अवस्था र बिक्रीबारे जानकारी लिएको बताइएको छ । भ्रमण प्रतिनिधिमण्डलमा गिलियन लीसहित यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वाङ, उत्पादन प्रबन्धक कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाङलगायत सहभागी थिए ।

भ्रमणलाई नेपालमा बिवाइडीको उपस्थितिलाई सुदृढ पार्ने र अटोमोटिभ परिदृश्यलाई प्रोत्साहन गर्ने उद्देश्यले रणनीतिक संलग्नताको शृंखलाका रूपमा लिइएको छ ।लिउ र बिवाइडी टोलीले नक्साल र पुल्चोक, ललितपुरमा रहेको बिवाइडी सोरुम भ्रमणबाट यात्रा सुरु गरेको बताइएको छ । त्यस्तै, प्रतिनिधिमण्डलले काठमाडाैंको गुह्येश्वरीमा रहेको बिवाइडी सर्भिस सेन्टरको समेत भ्रमण गरेको थियो ।

भ्रमणको मुख्य आकर्षणमा नेपालमा बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक्स प्रालिले आयोजना गरेको ‘बिवाइडी एपयाक नेपाल स्ट्राटेजी समिट : एसेलेरिटिङ ग्रोथ टुगेदर’ रहेको बताइएको छ । गत हप्ता काठमाडौंमा आयोजित यो शिखर सम्मेलनमा एमडी लिउले बिवाइडीको वाहन लाइनअपमा अन्तर्दृष्टि दिनुका साथै प्राविधिक र ग्राहककेन्द्रित कम्पनीको दृढ प्रतिबद्धता दोहोर्‍याए । साथै, उनले सन् २०२२/२३ मा ६० प्रतिशतभन्दा बढी इभी नेपाली बजारमा प्रवेश गरेको दाबी गर्दै त्यसको प्रशंसासमेत गरे । नेपाल भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेको बताइएको छ । 

ad
ad