१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
एजेन्सी याङगुन
२o८१ जेठ ७ सोमबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

म्यान्मामा ३० लाख विस्थापित

Read Time : < 1 मिनेट
एजेन्सी, याङगुन
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:५८:oo

म्यान्मामा विस्थापित व्यक्तिहरूको संख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसंघले बताएको छ । यीमध्ये अधिकांश सेनाको सन् २०२१ को विद्रोहबाट सुरु भएको द्वन्द्वका कारण आफ्नो घर छोड्न बाध्य भएका छन् । लोकतन्त्रको अल्पकालीन प्रयोगपछि आङ सान सुकीको सरकारलाई पतन गराउने विद्रोहपछि करिब २७ लाख पलायन भएका छन् ।

यो सैन्य विद्रोहले स्थापित जातीय सशस्त्र समूहसँग नयाँ झडप सुरु गर्‍यो र दर्जनौँ ‘पिपुल्स डिफेन्स फोर्सेस’ बललाई जन्मायो । तिनीहरूलाई दबाउन सेना असफल भएको छ । ‘म्यान्मा सन् २०२४ मा गहिरो मानवीय संकटको मुखमा छ,’ राष्ट्रसंघीय आवासीय संयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विस्थापितमध्ये एकतिहाइ बालबालिका रहेको अनुमान गरिएको छ । गत वर्षको अन्त्यदेखि जातीय सशस्त्र समूहहरूको गठबन्धनले उत्तरी सान राज्यमा आक्रमण सुरु गरेपछि तीस लाखमध्ये करिब आधा विस्थापित भएको विज्ञप्तिमा उल्लेख छ । आक्रामक कारबाहीले र चीन सीमामा धेरै क्षेत्र र लाभदायक व्यापार क्रसिङलाई कब्जा गरेको छ । यसले सत्ताकब्जा गरेपछि जुन्ताका लागि सबैभन्दा ठूलो खतरा सिर्जना गरेको छ । म्यान्माको सीमावर्ती क्षेत्रमा जातीय सशस्त्र समूहहरूको बाहुल्य छ । 

ad
ad