१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
दीपक शर्मा सल्यान
२o८१ जेठ ७ सोमबार o८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ जेठ ७ सोमबार o८:२१:oo

सल्यानमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका– ९ जयतपानीका २८ वर्षीय वीरबहादुर डाँगी बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । 

भान्जी नाता लगाएर विगत लामो समयदेखि पारिवारिक रूपमा उनी बालिकाको घर सल्यान त्रिवेणी गाउँपालिकामा आवतजावत गर्दै आइरहेका थिए । गत वैशाख १७ गते राति सामान किनी ल्याइदिएको छु भान्जी लिन आऊ भनी बोलाई पीडित बस्ने घरदेखि नजिकै रहेको जंंगलमा लगी ललाइफकाई जबर्जस्ती करणी गरी उनी फरार भएका थिए ।

बलात्कार गरेको कुरा कोही कसैलाई भने मारिदिने धम्कीसमेत डाँगीले दिएको पीडितले आफन्तलाई बताइन्। आफन्तले प्रहरीलाई जाहेरी दिएपछि फरार डाँगीलाई त्रिवेणी गाउँपालिका– ६ लुहाम बजारबाट पक्राउ गरी सल्यान जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।  
 

ad
ad