१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नौ महिनामा १०८६ मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:३६:oo

प्रहरीले चालू आर्थिक वर्षको नौ महिनामा बाँकेमा विभिन्न घटनामा संलग्न पाँच हजार ८१ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । चैत मसान्तसम्म एक हजार ८६ वटा मुद्दा दर्ता भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । घटना र दुर्घटना भई किटानी जाहेरी परेका र अदालतबाट कैद सजाय सुनाएपछि फरार व्यक्तिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए । 

जघन्य प्रकृतिका मुद्दाअन्तर्गत कर्तव्य ज्यानसम्बन्धी आठवटा मुद्दा प्रहरीमा दर्ता भएको बताउँदै उनले ६ वटा मुद्दा फर्स्याेट भएको जानकारी दिए । मानव बेचबिखन तथा ओसारपसारका नौ, डाँका चोरीका पाँच र जबर्जस्ती करणीका ४२ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै डिएसपी डाँगीले मानव बेचबिखन तथा ओसारपसारका आठ, डाँका चोरीका तीन र जबर्जस्ती करणीका ३७ वटा मुद्दा फर्स्याेट भएको बताए । 

प्रहरीको तथ्यांकअनुसार बाँकेमा लागुऔषध दुर्व्यसन तथा ओसारपसारको ग्राफ बढ्दो छ । आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म लागुऔषध दुर्व्यवहार तथा ओसारपसारमा संलग्न दुई सय ६ जना पक्राउ परेका छन् । गत आव ०७९/८० को चैत मसान्तसम्म एक सय ९२ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये गत वर्ष एक सय २३ र चालू आवको नौ महिनामा एक सय ३० जनाविरुद्ध मुद्दा दायर गरिएको डिएसपी डाँगीले जानकारी दिए । 

ad
ad