१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अर्जुन खनियाँ एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२८:oo

एनआइसी एसिया बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियाँलाई बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाँले बैंकका विभिन्न शाखा, विभाग एवं इकोसिस्टमहरूमा काम गरी २० वर्षभन्दा लामो अनुभव संगालिसकेका छन् । 

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका उनी सन् २०१० मा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रूपमा नियुक्त भएका थिए

तत्पश्चात् एनआइसी एसिया बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रूपमा नेतृत्वदायी भूमिकामा रही उनले काम गरिसकेका छन् । पछिल्लोपटक उनी बैंकको प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीलगायतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  

 


 


 

ad
ad