१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमालयन हाइड्रो एक्स्पोको भोलि राष्ट्रपतिबाट औपचारिक उद्घाटन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

हिमालयन हाइड्रो एक्स्पो २०२४ को बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको औपचारिक उद्‌घाटन हुने भएकाे छ। 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बिहीबार राष्ट्रपति पौडेलबाट औपचारिक उद्‌घाटन हुने जानकारी दिए।

हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण वैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ। एक्स्पोमा एक दर्जन देशका ऊर्जासम्बन्धी सयभन्दा बढी स्टल रहेका छन्। त्यस्तै, विभिन्न सातवटा प्राविधिक सत्रहरूमा पनि छलफल हुँदै छन्।

एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका सयभन्दा धेरै स्टलको बुकिङ सम्पन्न भइसकेको इप्पानले जनाएकाे छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेकाे छ। 

नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रूपमा निर्यात गर्ने सम्झौता भइसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण गरिसकेको सन्दर्भमा र लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानको अपेक्षा छ। 

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले यसलाई मूर्तरूप दिने गरी निजी क्षेत्रवाट यो भव्य एक्स्पो आयोजना गरिएको हो। नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाबारे ज्ञान र सूचना आदान–प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा गरिएको इप्पानले जनाएको छ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय/कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिक नियोगहरू, मित्रराष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञलगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ–नयाँ प्रविधि र उपकरणहरूको प्रदर्शनी गर्न झन्डै एक दर्जनभन्दा बढी देशहरूको सहभागिता निश्चित भइसकेको छ।