१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ह्वाइट लोटसको बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३५:oo

ह्वाइट लोटस पावर लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी पुँजीको २६ प्रतिशतले हुन आउने १२ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको जनाएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त भएको बताइएको छ । 

आइपिओ निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका कार्यकारी निर्देशक सुमनकुमारी जोशीले हस्ताक्षर गरेका छन् ।कम्पनीले लमजुङमा ६.८२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

ad
ad