१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जंगलको आगो गाउँ पस्दा नवलपुरमा दुई गाउँका १२ घरगोठ जले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२९:oo

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १४ को चनौटे र सुर्खा गाउँमा आगलागी हुँदा १२ घर जलेका छन् । सुर्खा जंगलमा लागेको आगो सोमबार दिउँसो २ बजेदेखि गाउँमा पसेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका सात र सुर्खाका पाँच घरगोठ जलेका छन् । आगो निभाउने क्रममा चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक ५९ वर्षीय गंगाप्रसाद घिमिरे घाइते भएका छन् । उनको दुवै हात जलेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, नगरप्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोलीले साँझ साढे ७ बजेतिर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीमा परी मध्यविन्दु–१४ का नवलसिंह ढेंगाको घरगोठ, लत्ताकपडा, भाँडावर्तन र नगद एक लाख ६० हजार, भोगीराम ढेंगाको घरगोठ, लत्ताकपडा, भाँडावर्तन, चारवटा कुखुरा, टेकबहादुर क्षेत्रीको घरगोठ, लत्ताकपडा भाँडा वर्तन, तीनवटा बाख्रा, कर्मसिंह सोमैको घरगोठ लत्ताकपडा, भाँडावर्तन पूर्ण रूपमा जलेर नष्ट भएको छ । त्यस्तै, खमबहादुर बारघरेको बाख्राको गोठ, लत्ताकपडा र अन्नपात, हस्तबहादुर ढेंगाको बाख्रागोठ, लत्ताकपडा र अन्नपात र श्रीलाल सोमैको बाख्रागोठ, लत्ताकपडा र अन्नपात जलेको छ ।

त्यसैगरी, मध्यविन्दु–१४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाईगोरुको गोठ, थेबेल सिंह लम्कामगरको गाईबाख्राको गोठ, एउटा गोरु, तीनवटा बाख्रा, एउटा भैँसी, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ । नवलपुरमा पछिल्लो समय सामुदायिक वन, सरकारी वन र मध्यवर्ती वनमा व्यापक डढेलो लागेको छ । 

ad
ad