१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ महिनामा २८६ उद्योग दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१४:oo

चालू आर्थिक वर्ष ०८०/८१ को नौ महिना (चैत मसान्त)सम्ममा स्वदेशी तथा विदेशी लगानीका दुई सय ८६ उद्योग दर्ता भएका छन् । यी उद्योग–परियोजनामा एक खर्ब ६५ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको उद्योग विभागले जनाएको छ । चैतमा मात्रै १० अर्ब ५९ करोड  रुपैयाँ लगानीका २८ उद्योग दर्ता भएका छन् । 

उद्योग विभागमा दर्ता भएका दुई सय ८६ उद्योगमध्ये ३६ ठूला, २७ मझौला र दुई सय २३ साना उद्योग रहेका छन् । विभागका अनुसार यी उद्योगहरूले २० हजार एक सय ३७ लाई रोजगारी दिने प्रस्ताव गरेका छन् । यो वर्ष उद्योग विभागले स्वदेशी तथा विदेशी लगानीका तीन सय ६५ उद्योग दर्ता हुने अनुमान गरेको छ । 

चालू आवको नौ महिनामा उद्योग विभागले विदेशी लगानीका दुई सय ६९ परियोजना स्वीकृत गरेको छ । जुन परियोजनामा कुल ३० अर्ब १० करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । यस वर्ष उद्योग विभागले ३८ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ ।

विदेशी लगानीका परियोजनामा १३ हजार आठ सय ३४ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । उद्योग विभागले चैत महिनामा मात्रै ९६ करोड ५० लाख विदेशी लगानी प्रस्ताव गरिएका १६ परियोजना स्वीकृत गरेको छ ।

ad
ad