१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक शर्मा सल्यान
२o८१ बैशाख २१ शुक्रबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सल्यानबाट २९ करोडको सुन्तला निकासी

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ बैशाख २१ शुक्रबार १५:२९:oo

सल्यानबाट यस वर्ष २९ करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी भएको छ। जलवायु परिवर्तन, सुन्तलामा रोगकिराको प्रकोपजस्ता कारण गत वर्षभन्दा यस वर्ष उत्पादनमा भने कमी आएको छ।

सल्यानमा यस वर्ष ३८ हजार ६ सय ५३ क्विन्टल सुन्तला निकासीबाट २९ करोड ३४ लाख ६६ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

गत वर्षभन्दा यस वर्ष ११ प्रतिशतले उत्पादन घटेको कार्यालयका प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार गर्त वर्ष ३३ करोड ७० लाख रुपैयाँबराबरको सुन्तला जिल्लाबाहिर निकासी भएको थियो।

यस वर्ष सबैभन्दा धेरै बागचौर नगरपालिकाबाट १८ हजार दुई सय ९५ क्विन्टल सुन्तला निकासीबाट १५ करोड २० लाख ३० हजार  रुपैयाँ भित्रिएको छ। यस्तै छत्रेश्वरी गाउँपालिकामा आठ करोड ६५ लाख ९९ हजार तथा त्रिवेणी गाउँपालिकामा किसानले ५२ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेका छन्।

यस्तै, सिद्ध कुमाख गाउँपालिकाबाट एक करोड ८० लाख १५ हजार, कुमाख गाउँपालिकाबाट ८२ लाख ५० हजार, शारदा नगरपालिकाबाट एक करोड १९ लााख २५ हजार, बनगाड कुपिण्डे नगरपालिकाबाट ५९ लाख ३७ हजार र कपुरकोट गाउँपालिकाबाट ४२ लाख ४८ हजार रुपैयाँको सुन्तला जिल्लाबाट बाहिरिएको बस्नेतले जानकारी दिए।

यस वर्ष किसानले ५५ देखि एक सय १० रुपैयाँ प्रतिकिलोसम्मले सुन्तला बिक्री गरेको उनको भनाइ छ। बागचौर नगरपालिकाका सुन्तला बगैँचामा केही रोगकिराको संक्रमण हुँदा उत्पादन घटे पनि अन्य पालिकामा भने उत्पादनमा वृद्धि आएको उनको भनाइ छ।

सल्यानका १० स्थानीय तहमध्ये कालीमाटी गाउँपालिकाबाहेक अन्य नौ तहमा व्यावसायिक सुन्तला उत्पादन हुँदै आएको छ। जिल्लामा एक हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ।

ad
ad