१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टान सदस्यले गरिमा विकास बैंकमा सहुलियतमा सरल कर्जा पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४९:oo

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थालाई कर्जामा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार टानका सदस्यलाई गरिमा बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ । साथै, पाँच लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने पनि जनाएको छ ।

यो सेवाले टान सदस्यलाई व्यापार–व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । टानले बैंकलाई बैंकिङ पार्टनरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रीय संगठनसँग काठमाडाैंमा यसै किसिमको सम्झौता गरिसकेको छ । 

ad
ad