१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २१ शुक्रबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चौथो मिल्स गोल्डकप : झापाको कन्काई सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o२:oo

झापाको कन्काई स्पोर्टिङ क्लबले घरेलु टोली टिडब्लू विराटनगरलाई २–१ ले हराउँदै चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा स्थान सुरक्षित गरेको छ । विराटनगर जुटमिलमा भएको खेलमा कन्काईका सन्दीप रसाइलीले दुई गोल गरेका थिए । जितसँगै कन्काईले फाइनल प्रवेशका बुधबार एपिएफको सामना गर्नेछ । टिडब्लूका आशिष राईले एक गोल गरे । खेलको २७औँ मिनेटमा आशिषले डिबक्सभित्रबाट गोल गर्दै टिडब्लूलाई १–० को अग्रता दिलाए । 

डिबक्सभित्र झापाका खेलाडीबाट रिबाउन्ड भएको बलमै आशिषले गोल गरेका हुन् । पहिलो हाफमा झापाले बराबरी गोल प्रयास गरेको थियो । मध्यान्तरअघिसम्म टिडब्लू बलियो देखियो । खेलको ५०औँ मिनेटमा कन्काईले बराबरी गोल फर्काएको थियो । सन्दीपले डिबक्सभित्र सहजै गोल गर्दै कन्काईलाई १–१ को स्थितिमा पुर्‍याए । 

खेल सकिन दुई मिनेटअघि कन्काईले पेनाल्टीमा गोल गर्दै जित निकाल्यो । कन्काईका श्याम मुर्मूलाई टिडब्लूका खेलाडीले डिबक्सभित्र फल खेलेपछि रेफ्री मदन काफ्लेले पेनान्टी दिए । सन्दीपले सहजै गोल गरे । यसअघि खेलको नवौँ मिनेटमा टिडब्लूका मनोज खड्काको सशक्त प्रहार कन्काईका गोलरक्षक सन्तोष दनुवारले क्लियर गरेका थिए । खेलको ४१औँ मिनेटमा कन्काईका श्यामले डिबक्सभित्रबाट प्रहार गरेको बल क्रसबार हुँदै बाहिरियो ।

ad
ad