१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १४:४८:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रफाहमा इजरायली आक्रमण, नाै बालबालिकासहित १३ को मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४८:oo

दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन्।

गाजाका २३ लाख जनसंख्याको आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजरायलले करिब दैनिक आक्रमण गरेको छ। अमेरिकासहित अन्तर्राष्ट्रिय स्तरले संयमता अपनाउन आग्रह गरे पनि इजरायलले इजिप्टको सिमानामा रहेको रफाहमा आफ्नो स्थल आक्रमण विस्तार गर्ने वाचा गरेको छ।

कुवैती अस्पतालका अनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूको तीन वर्षीय बालकको मृत्यु भएको छ। अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल रहेको बताएको छ।

अस्पतालको रेकर्डअनुसार दोस्रो आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको छ। अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा ६ बालबालिकासहित नौजना मारिएका थिए। 

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायल–हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाका दुई सबैभन्दा ठूला सहर ध्वस्त भएका छन् र सम्पूर्ण क्षेत्रमा विनाश भएको छ। 

करिब ८० प्रतशित जनसंख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन्। विशेषज्ञहरूले ती क्षेत्र भोकमरीको सँघारमा रहेको बताएका छन्।

सातौँ महिनामा चलिरहेको युद्धले क्षेत्रीय अशान्ति फैलाएको छ । यसबाट इजरायल र अमेरिका सम्पूर्ण मध्यपूर्वमा इरान र सम्बद्ध लडाकु समूहहरूविरुद्ध खडा भएका छन्। यसै महिनाको प्रारम्भमा इजराइल र इरानबीच प्रत्यक्ष गोलीबारी हुँदा लामो समयदेखिको उनीहरूको शत्रुताले युद्धको डर बढाएको छ। 

इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पनि तनाव बढेको छ। इजरायली सेनाका अनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैंक सहर हेब्रोननजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको बताएको छ। 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएपछि वेस्ट बैंकमा इजरायली सैनिक र बसोवास गर्नेहरूबाट कम्तीमा चार सय ६९ प्यालेस्टिनी मारिएका छन्। अधिकांश मानिस इजरायली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएका छन्।