१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कामना विकास बैंकले गर्‍यो स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२७:oo

कामना सेवा विकास बैंकले पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले एक कार्यक्रमबीच विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई बैंकका सञ्चालक बलराम बरालले हस्तान्तरण गरे । 

कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले विश्वविद्यालयको सर्वांगीण विकास, कर्मचारीले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताए । त्यस्तै, रजिस्ट्रार भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रममा विश्वविद्यालयलाई पुर्‍याएको योगदानको कदर गरे । 

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका सञ्चालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा सिइओ दिनेश थकालीले खुसी व्यक्त गरे । 

ad
ad